काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ । यसैगरी देशभरका मुख्य सहरहरु विषेश गरी झिलिमिली देखिएका छन् ।
फूल, रङ र उज्यालोको पर्वको रुपमा लिइने तिहारमा धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ । तिहारमा एक आपसमा खुशी बाँड्दै रमाइलो गरी देउसी र भैलो खेलेर मनाइन्छ ।
लक्ष्मी पूजामा यस्ता देखिए देशका सहरहरु
चन्द्रागिरी डाँडाबाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली काठमाडौँ । तस्बिर: प्रदीपराज वन्त/राससपोखरा महानगरपालिका-१८ लामागाउँ बाट सोमबार लक्ष्मी पूजाको साँझ देखिएको झिलिमिली पोखरा । तस्बिर: राधिका कँडेल/रासस विराटनगर–९ स्थित मङ्गलादेवी सडकमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । तस्बिर : मनोज दाहाल/रासस जनकपुरधामको सोनापट्टी बजारमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । तस्बिर : अजयकुमार साह/रासस भैरहवा बजारमा सोमबार लक्ष्मी पूजाको साँझ झिलिमिली पारिएका घर तथा पसलहरु । तस्बिर : राधेश्याम विश्वकर्मा/रासस
प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार २०:५९ : बजे
57
Shares
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया