Logo

धर्म / संस्कृति

अब हरेक माघ १ गते यलम्बर दिवश मनाइने



काठमाडौं । अब हरेक वर्षको माघ १ गते यलम्बर दिवश मनाइने भएको छ । पूर्वमन्त्री गोपाल किरातीकाअनुसार यलम्बर दिवशसँगै किरात देश जागरण कार्यक्रम हुनेछ ।

‘पहिचानसहितको प्रदेश नामाकरणका लागि पहिचानवादी राई, लिम्बूहरू र प्रगतिशीलहरूले विराटनगरमा भीषण जनप्रदर्शन गरे,’ राईले भने, ‘त्यसलाई राज्य पक्षले सुनेन । अब त्यसको प्रतिवादमा देश जागरण भन्नुपर्ने अवस्था सिर्जना भयो ।’

आउँदो माघ १ गते ‘यलम्बर दिवश तथा किरात देश जागरण’ कार्यक्रम मनाउने र दिवसबारे थप छलफल गरेर एउटा निष्कर्षमा पुग्ने बताइएको छ । माघ १ गते मनाउन लागिएको पहिलो यलम्बर दिवश हो ।

कार्यक्रम कोटेश्वर बालकुमारीस्थित सुनुवार सेवा समाजको कार्यालयमा बिहान ९ बजे सुरू भएर ११ बजे समापन हुने बताइएको छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ११:३७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।