Logo

अर्थ

निगमले कोषलाई तिर्‍यो ऋणको ३३ करोड ९ लाख रुपैयाँ किस्ता



नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋणको किस्ता रकम भुक्तानी गरेको छ । निगमका अनुसार पुस २९ मा कोषलाई ३३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरिएको हो ।

कोषबाट निगमले जहाज खरिदका लागि ऋण लिएको थियो । यसअनुसारको न्यारोबडी जहाज खरिदको सावाँ र ब्याजबापतको रकम भुक्तानी गरिएको हो । यसअघि गत असार ३० मा पनि १ अर्ब ३५ करोड रुपैयाँ र गत कात्तिक १ मा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको हो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०६:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।