Logo

अर्थ

छ सयले घट्यो सुनको मूल्य




काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्यमा प्रतितोला रु छ सयले घटेको छ । हिजो प्रतितोला रु एक लाख पाँच हजार एक सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख चार हजार पाँच सय तोकिएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार छ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार तीन सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ११:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।