काठमाडौं । सेयर बजारमा झिनो अंकले उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ५.७१ अंकले बढेर २१७८.८१ बिन्दुमा पुगेको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.१५ अंकले बढेर ४१५.०५ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब ४४ करोडमाथिको कारोबार भएको छ । यसदिन ८५ कम्पनीको सेयर मूल्य बढेको छ, भने १०८ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।




















प्रतिक्रिया