Logo

अर्थ

सेयर बजारमा झिनो अंकको उकालो



सेयर बजारमा झिनो अंकले उकालो लागेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.५३ अंकले बढेर ४१५.५४ बिन्दुमा पुगेको छ ।कारोबार अवधिभर २४८ कम्पनीको ८३ लाख १८७ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब ३२ लाखमाथिको कारोबार भएको छ ।

यसदिन १०९ कम्पनीको सेयर मूल्य बढेको छ, भने ८९ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १५:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।