Logo

अर्थ

नेप्से परिसूचक दोहोरो अंकमा गिरावट




काठमाण्डौँ । सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ४१०.३१ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६८ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसदिन ३ अर्ब एक करोडमाथिको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये २ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ । यसदिन ४८ कम्पनीको सेयर मूल्य बढेको छ, भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ४ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : १५ माघ २०७९, आईतवार १६:०४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।