काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि गत माघ १२ गते सुनको मूल्यले उच्चको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँलेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया