Logo

अर्थ

दोहोरो अंकले घट्यो नेप्से




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले घटेको छ । आज नेप्से २२.१२ अंकले घटेर २०९४.५४ बिन्दुमा पुगेको छ ।

ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.७४ अंकले घटेर ३९८.४२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेयर बजारमा दुई अर्ब ९ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ वटै सूचक समूहम राताम्मे । आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार १५:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।