काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) नेप्से परिसूचक १.६६ अंकले बढेर १३६४.७९ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ११.७४ अंकले घटेर ३६७४.४० बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ९३ करोड १७ लाखमाथिको कारोबार भएको छ । कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको छ ।
यसदिन १०८ कम्पनीको सेयर मूल्य बढेको छ, भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ । बाकि ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।




















प्रतिक्रिया