Logo

अर्थ

४.५७ अंकले बढ्यो सेयर बजार




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा बन्द भएको हो ।

आइतबार नेप्से १.६६ अंकले बढेर १३६४.७९ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४७ करोड ४१ लाख बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये १०४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ९५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता दुई हजार ३३३.८० रुपैयाँ पुगेको छ ।

आज लक्ष्मी बैंक डिबेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ४५ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १५:५४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।