काठमाडौँ । आज (बुधबार) सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
छापावाला सुनको मूल्य आज तोलाको एक लाख चार हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार तीन सय कायम भएको छ ।
चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेर एक हजार तीन सय १५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।




















प्रतिक्रिया