Logo

अर्थ

७.१३ अंकले घट्याे नेप्से



काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले घटेको छ । आज नेप्से ७.१३ अंकले घटेर २११७.२१ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८७ अंकले घटेर ४१४.०० बिन्दुमा पुगेको छ । त्यस्तै, सेयर बजारमा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये १२ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी १ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये ६७ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार १५:३४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।