Logo

अर्थ

तोलामा ४०० रुपैयाँले बढ्याे सुनकाे मूल्य



काठमाडाैँ । साताको पहिलो कारोबार दिन (आइतबार)  सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७९, आईतवार १२:१४   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।