Logo

प्रमुख समाचार

ढिलो चाडो पुरानै गठबन्धन कायम हुन्छ : सभापति बलायर



धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र न ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरले आफुलाई मत दिने नदिने कसैलाई पनि अन्याय हुन नदिने बताएका छन् । नेपाली काङ्ग्रेस चुरे गाउँपालिकाले आयोजना गरेको कार्यक्रमा सो कु्रा बताएका हुन् ।

नेता बलायरले भने आफुलाई निर्वाचित गराउन अहोरात्र खटिने नेता कार्यकर्ता पार्टी र तत्कालीन गठबन्धन दलका नेताहरुलाई धन्यबाद दिएका छन् । उनले भने म कैलाली क्षेत्र नबर ४ का जनता संग नैतिक रुपमा बाधिएको छु आगामी पाँच वर्षिय कार्यकाल यस क्षेत्रका जनताहरुको साथमा रहेर काम गर्ने बताए । यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले म कैलाली निर्वाचन क्षेत्र ४ का जनताका अन्याय हुन नदिने प्रतिबद्धला जाहेर गरेका छन् ।

पार्टी भित्रको आन्तरिक द्वन्द अन्त्य हुनुपर्ने आन्तरिक निर्वाचन र आम निर्वाचनमा को कुन पदमा निर्वाचित हुनु भयो को कुन ग्रुपको हो भनेर तुस राख्ने काम पार्टीका लागि घातक हुने बताउदै उनले त्यसो नगर्न आम कार्यकर्तालाई आग्रह गरेका छन् ।

केन्द्रीय राजनीतिमा को कता लाग्नु हुन्छ लाग्नु होला तर स्थानीय तहमा गुटबन्दी गरेर पार्टीलाई घाटा हुने काम गर् जो कोहीले छुट नपाउने र ३६४ दिन काङ्ग्रेस भैरहने ३६५औं दिनमा अन्तै लाग्ने जो कोहीलाई छुट नहुने बताए । प्रसंग बदल्दै बलायरले ढिलो चाडो पुरानै गठबन्धन कायम हुने बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार ०७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।