Logo

अर्थ

छ सयले घट्याे सुनकाे मूल्य



काठमाडाैँ । बिहीबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।

आज सुनको सुन तोलामा ६०० रुपैयाँले घटेसँगै  छापावाला सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

बुधबार छापावाला सुन प्रतितोला  १ लाख ३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ । बुधबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १२:०५   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।