काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले घटेको छ । आज नेप्से २३.६० अंकले घटेर २०४६.८१ बिन्दुमा पुगेको छ ।
त्यस्तै, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.९१ अंकले घटेर ३९१.५३ बिन्दुमा पुगेको छ । आज नेप्सेमा एक अर्ब ९४ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ११ वटा समूहको सेयर मूल्य घटेको छ भने बाँकी २ वटा समूहको सेयर मूल्य बढेको छ । आज कारोबार भएका कम्पनीमध्ये ३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७७ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३७६.२० रुपैयाँ पुगेको हो ।
आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज २० करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ ।




















प्रतिक्रिया