काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
आज कारोबारको सुरुवातदेखि घटेको बजार कारोबार बन्द हुनेबेलासम्म २.७८ प्रतिशतले घटेको छ । आज नेप्से परिसूचक ७५.७४ अंकले घटेर २०२२.६४ बिन्दुमा झरेको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.९५ अंकले घटेर ३८४.४० बिन्दुमा घटेकाे छ ।
लघुवित्त समूह आज ९.९५ प्रतिशत अर्थात् ४१२.०२ अंकले ओरालो लागेको छ । स्वाभिमान लघुवित्त बाहेक सबै लघुवित्तको सेयर मूल्य घट्दा अधिकांशमा नकारात्मक सर्किट लागेको छ । आज कुनै पनि सूचक उकालो लागेको छैन । आज झन्डै ४० कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार अवधिभर २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५२ करोड २७ लाख १३ हजार रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।




















प्रतिक्रिया