Logo

अर्थ

घट्याे सुनचाँदीको मूल्य



काठमाडाैँ । आज (आइतबार) सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख २ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार ११:४८   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।