Logo

अर्थ

३.६५ अंकले घट्याे सेयर बजार



काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ३.६५ अंकले घटेर २०२३.५४ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.८५ अंकले घटेर ३८३.०० बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ८९ करोड ३७ लाखमाथिको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ८ वटा समूहको सेयर मूल्य घटेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य बढेको छ । आज कारोबार भएका कम्पनीमध्ये ७१ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १३५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज कारोबार भएको कम्पनीमध्ये दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.७३ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार चार सय ८९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको सेयरमूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ ।

आज राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन लिमिटेडको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेड कम्पनीको भएको छ । यसको आज ६ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १५:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।