काठमाडौँ । आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार रूपैयाँले घटेको हो ।
योसँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया