Logo

अर्थ

५०.०४ अंकले बढ्याे नेप्से



काठमाडाैँ । आज (बिहीबार) सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ ।

यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२.७० बिन्दुमा उक्लिएको छ । आज ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.२७ अंकले बढेर ३७९.५० बिन्दुमा पुगेको छ ।

आज २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता सेयर किनबेच भयो । आज एक अर्ब ५६ करोड ५५ लाख ५८ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा १३ वटै हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये २१३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । २ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज दुई कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज शुभम पावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.६० रुपैयाँ पुगेको छ भने नेपाल इन्स्योरेन्सको सेयरमूल्य ९.४४ प्रतिशतले बढेर प्रतिकित्ता ५४८.२० रुपैयाँ पुगेको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।  कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार १५:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।