Logo

अर्थ

२४.६८ अंकले घट्याे सेयर बजार



काठमाडाैँ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा गिरावट आएको छ । आज नेप्से २४.६८ अंकले घटेर १९५१.२१ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.४६ अंकले घटेर ३६८.४९ बिन्दुमा पुगेको छ । आज १३ वटै सूचक राताम्मे बनेको छ ।

नेप्सेका अनुसार कारोबार अवधिभर २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १६ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस दिन २४ कम्पनीको सेयर मूल्य घटेको छ भने १८७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । ५ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १५:३६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।