काठमाडाैँ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्री गर्ने भएको छ ।
कम्पनीले ६ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । यो कम्पनीको दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा निर्माणधीन ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कालिञ्चोक हाइड्रोपावरकी अध्यक्ष इन्दिरा पन्त र आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।




















प्रतिक्रिया