Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर



काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको मूल्य (बुधबार) स्थिर रहेकाे  छ ।

आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै  छापावाला  सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ ।

हिजो मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ४५ रुपैयाँले बढेर चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ११:२२   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।