Logo

अर्थ

१ हजारले बढ्यो सुनको मूल्य



काठमाडाैँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ६ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको मूल्य स्थिर थियो । यो दिन  छापावाला सुन प्रतितोला  १ लाख ५ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ३०५ रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार ११:४७   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।