काठमाडाैँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
योसँगै प्रतितोला छापवाला सुन १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आइतबार सुनको मूल्य तोलामै २ हजार ९०० रुपैयाँले बढेर हालसम्मकै उच्च भएको थियो । आइतबार छापवाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ३३० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया