काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सिटी होटलले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।
होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १६ लाख ७४ हजार कित्ता आइपीओ जारी गर्ने भएको छ ।
आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ ।




















प्रतिक्रिया