काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया