काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेकाे छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ । हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया