Logo

अर्थ

राष्ट्र बैंकले बैंकहरुसँग समसामयिक विषयमा छलफल गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुसँग ‘समसामयिक विषयमा’ छलफल गर्ने भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले वाणिज्य बैंकका सीईओहरुसँग खराब कर्जाका विषयमा छलफल गर्ने भएको हो ।

छलफल आज दिउँसो ३ बजे याक एन्ड यती होटेलमा हुने बुझिएको छ । छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरुलगायतका उच्च अधिकारीहरु सहभागी हुने बताइएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको छ भने ऋण उठ्न छाडेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १३:५७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।