काठमाडौं । आज सोमबार पनि मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले नै घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया