काठमाडौं । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएकाे छ ।
आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया