Logo

अर्थ

अर्थमन्त्री र युरोपियन युनियन प्रतिनिधिमण्डलबीच भेटवार्ता



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजले आज सिंहदरबार पुगेर अर्थमन्त्री डा. महतसँग भेट गरेकी हुन् ।

अर्थ मन्त्रालयमा भएको भेटमा युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा र नेपाललाई थप सहयोग गर्ने बारेमा छलफल भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार १५:२४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।