Logo

अर्थ

भूगोल इनर्जीको आईपीओ बाँडफाँट



काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले भूगोल इनर्जीको आईपीओ बाँडफाँट गरेको हो । आईपीओ बाँडफाँट कार्यक्रम काठमाडौंको बत्तीसपुतलीस्थित काजीको किचेनमा दिउँसो साढे २ बजे राखिएको थियो ।

कम्पनीको सेयरमा ११ लाख ४९ हजार ५१५ जना योग्य आवेदकबाट १ करोड २३ लाख ६४ हजार ८४० कित्ता सेयरको लागि आवेदन परेको थियो । यो सर्वसाधारणको लागि निष्काशन गरेको सेयरको ९.१८ गुणा बढी हो ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । त्यसमध्ये पनि ३ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । सदर आवेदकमध्ये १० लाख १४ हजार ४५२ आवेदकको हात खाली भएको छ ।

कम्पनीले गत चैत २३ गतेदेखि चैत २७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको थियो ।

कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको थियो भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

आईपीओको अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासन गर्ने कम्पनीको बेवसाइट तथा सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार १६:३७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।