Logo

अर्थ

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी



काठमाडौं । नेपाली बजारमा (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा स्थिर रहेको हो । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार पनि सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार ११:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।