Logo

बैंकिङ

सामसङले नबिल बैंकसँगको सहकार्यमा ल्यायो नयाँ ग्यालेक्सी ‘ए५४ ५जी’ र ‘ए३४ ५जी’को खरिदमा क्यासब्याक अफर



काठमाडौं । विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ ।

यस योजनाका लागि सासमसङले नबिल बैंकसँग एक सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । जसअनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ग्यालेक्सी ए३४ ५ जी र ग्यालेक्सी ए५४ ५जी खरिद गर्दा रु. २ हजार क्यासब्याक प्राप्त गर्नेछन् ।

सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी नेपाली बजारमा गत मार्च २९ देखि उपलब्ध गराउन थालिएको हो र उपलब्ध भएदेखि नै तिनमा विद्यमान असाधारण पफर्मेन्स र अद्भुत विशेषताहरुका कारण मोबाइल बजारलाई तताइदिएको छ । यी दुवै मोडलमा आश्चर्यजनक क्यामराहरु र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्री जडित छन् भने यी मोडलहरु अद्वितीय डिजाइनहरु एवं विविध रङहरुमा उपलब्ध छन् । जसले ग्राहकलाई अतुल्य उत्पादनको अनुभूति दिलाएको छ ।

क्यासब्याक अफरका साथ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी ग्राहकका लागि अझ बढी सुलभ भएको छ । ग्राहकले उनीहरुसँग भएको नबिल बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत चुनिएका स्टोरहरु अथवा ब्रान्डका शोरुमहरुबाट ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी खरिद गर्दा क्यासब्याक अफरको फाइदा लिन सक्नेछन् । यो योजना सीमित अवधिका लागिमात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १२:५४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।