काठमाडाैं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु ५.११ अर्ब खुद नाफा आर्जन गरेको छ, अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा ५२.६३% ले बढी हाे ।
ब्याज आम्दानीमा आक्रामक १०१.४४% को वृद्धि, खुद ब्याज आम्दानीमा २४.३६% को वृद्धि, कुल संचालन आयमा ७१.७९% को वृद्धि तथा संचालन नाफामा ५६.५४% को वृद्धिले गर्दा कम्पनीको खुद नाफा बढेको हो । खुद नाफा बढेसँगै बैंकको प्रति शेयर आम्दानी पनि रु २४.१६ बाट बढेर रु २५.२१ कायम हुन आएको छ । खुद नाफामा राम्रो वृद्धि देखिएपनि शेयर संख्या बढेकाले प्रति शेयर आम्दानीमा भने सामान्य वृद्धि देखिएको छ।
रु २७.०५ अर्ब चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष ५२.७०% ले वृद्धि भएर रु २७.३४ अर्ब पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात १०१.०७% रहेको छ। यस्तै, बैंकको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु ५४.४० अर्ब कायम भएको छ। शेयरधनीकोष बढेसँगै प्रति शेयर किताबी मुल्य रु १९०.२९ बाट बढेर रु २०१.०७ कायम हुन आएको छ ।




















प्रतिक्रिया