काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेकाे छ ।
आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ ।
हिजो पनि सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया