Logo

अर्थ

आईएमईले १० करोडको आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपी) जारी गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।मंगलबार आईएमई लिमिटेडको कार्यालय पानीपोखरीमा आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

१ अर्ब रुपैयाँ जारी पूँजी रहेको कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सार्वजनिक निष्कासन गर्न लागेको जनाएको छ ।

आईएमईले २२ वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा आईएमई ‘ठूला करदाता सम्मान’ बाट पुरस्कृत भएको छ ।

आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार ०७:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।