Logo

अर्थ

अप्पर स्याङ्गे हाइड्रोपावरलाई आईपीओ निष्काशनको अनुमति



काठमाडाैं । अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको हो ।

उक्त आईपीओको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । अब कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १६:५०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।