काठमाडाैं । नेपाल प्रेस युनियनको काठमाडाैं उपत्यका तथा प्रतिष्ठान प्रदेशस्तरिय प्रथम भेला सम्पन्न भएको छ।
काठमाडौंको नयाँ बानेश्वर थापागाउँमा भएको पहिलो बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षलगायतको जिम्मेवारी तोकेको छ । कांग्रेस निकट नेपाल प्रेस युनियनमा केन्द्रीय पदाधिकारीहरुको उपस्थितमा उपत्यका तथा प्रतिष्ठान प्रदेशस्तरिय भेला सम्पन्न भएको हो ।
केन्द्रीय अध्यक्ष शिव लम्साल, सहमति समन्वय संयोजक तथा बरिष्ठ पत्रकार दमोदरप्रसाद दवाडी तथा रामप्रसाद दाहाललगायतको उपस्थितिामा उपत्याका तथा प्रतिष्ठान प्रदेशस्तरिय समितिमा लिलाराज दाहाल अध्यक्ष चयन भएका छन् । त्यस्तै पुष्कर बुढाथोकी, सीता न्यौपाने, निरज तामाङ उपाध्यक्ष चयन भएका छन् । महासचिवमा साइला तामाङ, सचिवमा अमृत पौडेल, केशव ढुंगाना, विष्णु पन्थी चयन भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा नारायणप्रसाद अधिकारी, सदस्यहरुमा भावना हमाल, लक्ष्मी गौतम रहेका छन् । भेलाले सबै पदाधिकारी तथा सदस्यहरु चयन गरेको छ ।





















प्रतिक्रिया