Logo

धर्म / संस्कृति

शुक्रबार काठमाडौँ महानगरमा सार्वजनिक बिदा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले  नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

शुक्रबार सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको सूचनामा उल्लेख छ । बिदा काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्र हुनेछ ।

No description available.

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘काठमाडौँ महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १९:३२   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।