Logo

प्रदेश

एमाले बागमती अधिवेशन : अध्यक्षमा ढुङ्गेल र दाहालबीच प्रतिस्पर्धा



 काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको उम्मेदवारी कायम भएको छ । अन्यले उम्मेदवारी फिर्ता लिएपछि दाहाल र ढुंगेलबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो ।

त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन् । प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ । दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला भएपछि अव सम्भवतः ११, १२ बजेपछि मात्र मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार १०:५९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।