काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत भाेलि गरिने भएको छ ।
माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका प्रदेशसमभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।
मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि कार्कीलाई समर्थन गरेका ४७ प्रदेश सांसद प्रदेश प्रमुख कहाँ पुगेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्की र समर्थन गरेको दल एमालेका दलका नेता हिक्मत कार्कीलाई भेटेर भोलि हस्ताक्षर सनाखत गर्ने बताएका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरो दाबी परेपछि प्रदेश प्रमुख पर्शुराम खापुङ अलमलमा परेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका उनले दुईजनाको दाबी परेपछि नियुक्तिका लागि शुक्रबारसम्मको समय लिएका थिए । तर आज पनि सांसदहरुकाे हस्ताक्षरकाे सनाखत भएकाे छैन् ।
मुख्यमन्त्रीमा कांग्रेस संस्थापन पक्षसहित माओवादी, नेकपा एकीकृत र जसपासहितको समर्थनमा माओवादीका इन्द्र आङबोले दाबी पेस गरेका छन् भने कांग्रेस इतर पक्षका केदार कार्कीले आफू पक्षका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा दाबी पेस गरेका छन् । दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख खापुङले परामर्शका लागि समय लाग्ने समय लिएका हुन्।




















प्रतिक्रिया