काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा दोहोरो दाबी परेपछि प्रदेश प्रमुख पर्शुराम खापुङ अलमलमा परेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका उनले दुईजनाको दाबी परेपछि नियुक्तिका लागि भोलि (शुक्रबार)सम्मको समय लिएका छन् ।
मुख्यमन्त्रीमा कांग्रेस संस्थापन पक्षसहित माओवादी, नेकपा एकीकृत र जसपासहितको समर्थनमा माओवादीका इन्द्र आङबोले दाबी पेस गरेका छन् भने कांग्रेस इतर पक्षका केदार कार्कीले आफू पक्षका ८ जना र एमालेका ३९ सांसदको समर्थनमा दाबी पेस गरेका छन् । दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख खापुङले परामर्शका लागि समय लाग्ने भन्दै आज मुख्यमन्त्री नियुक्त गर्ने निर्णय गरेका हुन् ।
-
याे पनि…
इन्द्र आङ्बोको दाबी खारेजको मागसहित कांग्रेसका ८ सांसदद्वारा प्रदेश प्रमुखसामु हस्ताक्षर सनाखत
कोशी किचलो : कांग्रेस संस्थाप इतरका शेखर–गगन नै विभाजित
कोशी कांग्रेसमा चर्कियाे विवाद : हिमाल कार्कीद्वारा उपनेताबाट राजीनामा
कोशी : मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बो र कांग्रेसका केदार कार्कीद्वारा दाबी
प्रतिक्रिया