Logo

राजनीति

गैर नागरिकलाई कांग्रेसले क्यानडा जनसम्पर्क समितिको सभापति बनाएको खुलासा



काठमाडौं- नेपाली कांग्रेसले सुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति क्यानडाको शभापति गैर नागरिकलाई बनाएको खुलेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको २८ कार्तिक २०७८ मा बसेको बैठकले जनसम्पर्क समिति क्यानडाको तेस्रो अधिवेशन सम्पन्न गर्न कांग्रेस महाधिवेशन प्रतिनिधि भुवनीप्रसाद तिमिल्सिनालाई केन्द्रीय प्रतिनिधि तोकेको थियो।

तत्कालिन समयमा क्यानडा सभापतिमा बुद्धिप्रकाश ओली नेतृत्वको कार्यसमिति निर्वाचित भएको थियो।

कांग्रेस विधानमा जनसम्पर्क समितिको सभापति नेपाली नागरिक हुनुपर्ने उल्लेख छ। तर, ओली क्यानडाको नागरिक भएको तथ्य बाहिरिएको छ। उनले क्यानडाको पासपोर्ट बनाएको पाइएको हो। यससँगै उनी क्यानडाको नागरिक भएको खुलेको हो।

No description available.

कांग्रेसले निर्वाचन गराउन जिम्मेवारी तोकेको पत्र।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ११:०४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।