काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंको बल्खुमा आयोजना गर्न लागेको कार्यक्रममा तोडफोड भएको छ।
दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ।
त्यही बेला युवासंघको र्याली बल्खु पुग्दा दुई समूहबीच झडप भएको हो।
झडपका क्रममा ढुंगामुढा हानाहान भएको थियो। त्यसबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ। केही बाइक र गाडीमा पनि क्षति पुगेको छ।
अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ।
एमाले समर्थकहरुले प्रदर्शन बिथोल्न खोजेको भन्दै प्रसाईंका समर्थकहरूले त्यसो नगर्न चेतावनी दिएका छन्।




















प्रतिक्रिया