उदयपुर- उदयपुरमा भएको बस दुर्घटनामापरि तीन जनाले ज्यान गुमाएको घटनाप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दुर्घटनमा ३९ जना घाइते भएका थिए। कांग्रेसले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ। कांग्रेसले घाइतेको तत्काल उचित प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको छ।
अन्नपूर्ण बोर्डिङ स्कुलको बस शनिबार दिउसो दुर्घटना हुँदा बसका चालक सहित तीन जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा चालक ४० बर्षिय भिखन चौधरी ,११ बर्षीय बालक बिकास चौधरी र ७ बर्षिय बालिका सुमित्रा चौधरी रहेका छन्।
बनभोजका लागि लगिएको बस १-०५-००१ ख ००४४ उदयपुरगढी गाउँपालिका-७ अधेरी खोलामा सडकबाट अनिन्त्रित भई ३० मिटर तल खसेको थियो।





















प्रतिक्रिया