Logo

प्रमुख समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतबाट कसैलाई धरौटीमा छाड्न आदेश, कसैको पुरानै फैसला सदर (आदेशसहित)



ललितपुर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा परेको पुनरावेदनको आदेश सुनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, लिखत, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा खेपिरहेका २२ जना प्रतिवादीमध्ये केहीको बारेमा जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेको छ भने केही अभियुक्तको विषयमा नयाँ फैसलाहरु भएका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा भने न्यायधीशहरुको आदेश बाझिएको छ । उनको हकमा दुई न्यायाधीशबीचको राय बाझिएपछि तेस्रो न्यायाधीशले धरौटीमा रिहा गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछन् ।

तर, पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीलगायत भने थुनामै रहने भएका छन् । अदालतको आदेशअनुसार रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पा थुनामै रहने भएका हुन् ।

अन्य प्रतिवादीको हकमा भने उच्च अदालत पाटनबाट धरौटी मागदेखि साधारण तारेखमा रिहासम्मको आदेश भएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १७:०३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।